नेपथ्यले नचायाे (फाेटाे सहित)

शनिबार साँझ । बाँकेको चिसापानी । नेपालको प्रसिद्ध सांगितिक समूह ‘नेपथ्य’ । यसका मुख्य गायक अमृत गुरुंग चिकित्साशास्त्र अध्ययन गरिरहेकाहरुका लागि आयोजना गरिएको सांगितिक कार्यक्रममा काठमाडौंमा अनसन बसिरहेको डा. गोविन्द केसीको लागि समर्थन मागि रहेका थिए । डा. केसी र गुरुंग पेशा र पृष्ठभूमिले विशुद्ध फरक क्षेत्रका हुन् । तर गायक गुरुंग, केसीले गरेको काम नेपालीको हितका लागि भन्दै उनको अभियानलाई सफल पार्न अपिल गरिरहेका थिए । “मैले यहाँ आउनु भन्दा अगाडी डा. केसीलाई अनसन स्थलमै गएर भेटे र भने म भविष्यका डाक्टरहरुको लागि सांगितिक प्रस्तुती लिएर जाँदैछु,” उनले आफ्नो सांगितिक प्रस्तुतीकै बिच भने, “उहाँले भन्नु भयो त्यहाँ आउने सबैलाई योग्य मात्र होइन असल डाक्टर बन्ने सन्देश सुनाईदिनु ।” साँझ ७ः३० मा स्टेज उक्लिएका नेपथ्यको टोलीले आफ्ना लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकहरुलाई नचाउन सफल भएका थिए । नेपथ्यको लोकप्रिय गितहरु जोमसामै बजारमा, जोगले हुन्छ भेट, रेशमसहित दर्जनबढि गित गाएका अमृतले प्रस्तुतीका बिच बिचमा देशप्रेमका सन्देशहरुसमेत दिए । “हामी प्राकृतिक सुन्तरताले धनि देश, धनि गरिब, भाषा, जातको आधारमा कसैलाई भेदभाव नगरौं है… ”, उनको पुरानै लवजमा उनले यस्तो सन्देश दिँदा उपस्थित दर्शकहरुले हात हल्लाएर उनलाई समर्थन दिएका थिए । नेपालका विभिन्न क्षेत्रमा रहेका गित तथा लयलाई फ्युजन गरी लोक पप पारामा प्रस्तुती गर्न माहिर नेपथ्यको फरक शैलीको प्रस्तुतीले उपस्थित चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुलाई असिन पसिन गरि नचाउन सफल भएको थियो । आफ्नो २ घण्टाको प्रस्तुतीमा अमृतले आफ्नो ब्याण्डको नयाँ गित ‘हे रामा रामा’ पनि गाएका थिए । जसमा उनलाई उपस्थित दर्शकहरुले स्वरमा स्वर मिलाएर साथ दिएका थिए । अमृतले हिमाल, पहाड, तराई, मधेस जो भएपनि हामी पहिले नेपाली भएको सन्देश दिँदै देशलाई अप्ठ्यारो पर्दा एकजुट भएर अघि बढ्न आग्रह गरे । “हाम्रो झण्डा हाम्रो गौरव हो, कसै गरी झण्डामाथि दाग लाग्न दिन हुँदैन है….. ”, उनले आफ्नो चिरपरिचित लवजमा यस्तो भन्दा उपस्थित दर्शकहरुले चर्को स्वरमा हुन्छ भन्दै उनलाई साथ दिएका थिए । अमृतको नाच्ने र गाउने शैलीसँगै दर्शकहरुले नेपथ्यको चर्चित गित ‘रेशम’ गाउनको लागि शुरु देखिनै आग्रह गरेपनि प्रस्तुतीको दोस्रो अन्तिम प्रस्तुतीको रुपमा उनले रेशम गित गाएका थिए । जसमा उपस्थित विद्यार्थी, सञ्चारकर्मी, विभिन्न क्षेत्रका प्रतिनिधिहरु धक खोलेर नाचेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s