भैसीको सहारामा राप्ती तर्नेहरु

बिशाल रानामगर


असार २१ गते एकाएक राप्ती नदिमा पानीको बहाव बढेको र बाढि आउने सक्ने समाचार सुनेपछि नागरिक दैनिकमा कार्यरत सञ्चारकर्मी मित्र अर्जुन वलीसँग बेलुका होलिया गएको थिए । प्रत्येक वर्ष आउने राप्तीको बाढि, कटान, डुबानका समस्याले केहीले होलिया गाउँ छाडे, केही अन्त बसाई सरे पनि अझै पनि थुप्रै घरपरिवार ज्यान जोखिममा पारेर राप्ती किनारमा बसोबास गरिरहेका छन् ।
हामी होलिया गाविसको राप्ती नदिको बाढिले प्रभाव पार्ने खडैचा गाउँ पुग्दा बन्दै गरेको बाँधमा बसेर केहि केटाकेटीहरु खेल्दै थिए भने बयस्कहरु कोही उभिएर कोही बसेर नदि पारी हेरिरहेका थिए । बन्दै गरेको बाँधमा असारे चटारो देख्न सकिन्थ्यो । बाँधमा बिछ्याइएका डुंगा पनि सायद ५ किलोको भन्दा ठुलो थिएन होला । सुरुमा त त्यहाँभएका मान्छेहरु किन पारीपट्टि हेरिरहेका छन् भन्ने बुझ्न सकिएन । स्थानीयसँगको कुराकानी पछि थाहा भयो दिउँसो गाई भैसी लिएर नदि पारीको खुला ठाउँमा चराउन गएका गाउँले र गाईबस्तु नदिमा पानी बढेका कारण पारीनै अडकिएका रहेछन् । उनिहरुलाई वारी गाउँपट्टि भएकाहरु कसरी आउने भनेर ठुलो आवाजमा कराएर सोध्दै थिए ।
नदि पारीपट्टि सय भन्दा बढिको संख्यामा गाई भैसी सहितका र दर्जन बढि ग्वालाहरु देखिन्थे । कोही यताअफन्त पर्खदै हाेलिया उता दौडिरहेका त कोही कपडा खोलेर तैरने तयारी गरिरहेका थिए । मैले बिडि तान्दै बारी उभिरहेका एक जना स्थानीयलाई उनिहरु के गर्दैछन् भनेर सोधे । ‘अब नदि पार गर्ने तयारी गर्दै छन् । ’ उनले भने । मलाई भने उनिहरु यत्रो पानीमा कसरी वारी आउँछन होला । नदिले डुबाउँछ होला भन्ने लागिरहेको थियो ।
पारिपट्टी केही गोठालाहरु भैसीलाई पानीमा हिडाउँन थालिसकेका थिए । सुरुमा त पानीमा भैसीसँग आएका उनहिरु नदिले आफुलाई डुबाउन लागेपछि भने भैसीको पुच्छर, टाउको कान समातेर पौडदै आएरहेका थिए । नदिको बहाबको कारण उनिहरु बग्दै गएर नहर बनेको ठाउँभन्दा बरिब २०० मिटर पर गएर किनारामा आए र वारी भएका आफन्तहरुले उनिहरुलाई बाहिर निकाले । भैसीको सहारामा आएकाहरुपनि नदिमा बग्दै आएको दाउरासमेत ल्याउन भ्याएका थिए ।
भर्खरै भैसीसहित नदि पार गरेका होलिया गाविस वडा नं. ४ का भग्गन यादवलाई सोधे ‘के हो पहिलो पटक हो ?’ ‘होइन, घाँस तथा खेती भएकाले पारी चराउन जानु पर्छ, वर्षामा नदिमा पानी बढेपछि यसैगरी तर्छौं ।’ उनले भने । ‘अनि कुनै खतरा हुँदैन, डुबाउने बगाउने ज्यान जाने पनि त डर हुन्छ होला नि? मैले सोधेको प्रश्नमा उनि भन्दै थिए, पानी पर्यो भने गंगाजीको पाउ समाए जसो जरी यसरीनै भैसीलाई समातेर आउने हो ।’
नदि पार गरेर अाउँदै नदि पार गरेर अाएका नदि पार गर्दे नदि पार गर्दै बाँध बाँधमा खेल्दै बालबालिकाहरू भग्गन यादव भैसीकाे सहारामा नदि पार गरेका

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s