Chhath in Nepalgunj (नेपालगन्जमा छठ पर्व)

बाँकेमा भव्य छठchaat-evening chaat-sunrise chaat-sunrise-2 chaat-sunrise-4 chaat-sunrise-5 chaat-sunrise-7 chaat-sunrise-10 chaat-sunrise-33 chaat-sunrise-65 chaat-sunrise-66 chaat-sunrise-88
भिष्म लोध

मध्य तथा सुदूपरपश्चिमको पवित्र स्थलका रुपमा चिनिने बागेश्वरी मन्दिर आईतबार बेहुलीझै सिंगारिएको थियो । विशेषत सन्तानको सुख प्राप्तीका लागि मनाइने छठका अवसरमा मंन्दिरलाई सिंगारिएको थियो भने सयौंको संख्यामा निराहार भक्तहरु मंदिर अगाडी रहेको तलाउमा ब्रत बसेका थिए ।
पूर्वी नेपालमा धुमधामका साथ मनाइने गरिएको छठ पछिल्ला केही वर्षदेखि नेपालगन्जमा पनि विशेष रुपमा मनाउन थालिएको छ । छठको रौनिकता छाएपछि बागेश्वरी मन्दिरमा यस पर्वमा झिलीमिली बनाउने गरिएको छ भने ब्रतालुहरुलाई बस्नका लागि आवश्यक व्यवस्था तथा सुरक्षा बस्तोबन्दसमेत मिलाइने गरिएको छ ।
पवित्र स्थलका रुपमा रहेको मन्दिरछेउँ रहेको पानी पोखरीको पानीलाई शुद्ध पानी मानिन्छ । त्यसकारण पनि यस क्षेत्रको अन्य पोखरी भन्दा छठका अवसरमा मन्दिर परिसरको पानी पोखरीमा छठको पुजा आराधना बिशेष रुपमा गर्ने गरिन्छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घय् दिनका लागि प्रत्येक वर्ष दिँउसैदेखि बागेश्वरी मन्दिर परिसरस्थित पोखरीनजिक पुजा आराधनाका लागि छठ पुज्नेहरुको भिड लाग्ने गरेको छ । यस वर्षपनि २ हजार भन्दा बढिले छठको पुजा गरेको पुजा समितिले जनाएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
पुर्वी तराईमा बसोबास गर्नेहरुले बिशेष रुपमा मनाउने छठ पर्वमा अन्य समुदायको समेत आकर्षण बढ्दै गएको छ । यसको महत्वलाई अझ व्यापक बनाउनका लागि २५ वर्षदेखि बाँकेमा छठ पुजा व्यवस्थापन समेत निर्माण गरिएको छ ।
पुर्वका जिल्लाहरुमा बिशेष रुपमा मानिने, छठ पुजा गर्न बाँकेमा पछिल्लो समय पहाडी समुदायको समेत उल्लेख्य सहभागिताले यहाँ पनि यसको महत्व बढ्न लागेको छठ पुवा समितिका सदस्य बृजेश बहादुर सिंह बताउँछन ।
पहिला पहिला कम मात्र छठ पुजा गर्न मानिसको उपस्थिति हुने गरेपनि बिगतका केही बर्षदेखि पहाडी तथा हिन्दु जातिको अन्य समुदायको सहभागिता बढेको सदस्य सिंहको भनाई ।
पर्वका अवसरमा कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छसूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् ।
तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s